२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

- विशेष खबर सोमबार २२, मङि्सर २०७७ ०९:०५

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
तस्बिरः प्रधानमन्त्रीको स्वकीय सचिवालय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मंगलबार बिहान ११ बजे प्रधानमन्त्रीले बालुवाटारमा सर्वदलीय बैठक बोलाएका हुन् ।

समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफलका लागि प्रधानमन्त्रीले बैठक बोलाएको थापाले बताए ।

‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसद्‍मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक आयोजना गर्नुभएको छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा उक्त बैठक हुने तय भएको छ,’ थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत भनेका छन् ।

प्रधानमन्त्री ओलीले यसअघि भारतले लिपुलेक–कालापानीमा नेपाली भूभाग अतिक्रमण गरी सडक बनाएपछि छलफल गर्न गत जेठमा सर्वदलीय बैठक बोलाएका थिए ।


#प्रधानमन्त्री केपी शर्मा ओली

प्रतिकृया दिनुहोस