२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

ग्लोबल आइएमई बैंक र मुसिकोट तथा आठबिसकोट नगरपालिका बिच सम्झौता

- विशेष खबर बिहिबार १८, मङि्सर २०७७ ०६:५५

ग्लोबल आइएमई बैंक र मुसिकोट तथा आठबिसकोट नगरपालिका बिच सम्झौता

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड र मुसिकोट तथा आठबिसकोट नगरपालिका (पश्चिम रुकुम) बिच सहुलियतपुर्ण कर्जाका लागि सम्झौता भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र मुसिकोट नगरपालिकाका प्रमुख देविलाल गौतम  र  आठबिसकोट नगरपालिकाका प्रमुख गोरख बहादुर के.सी का बिच छुट्टा छुट्टै रुपमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

नगरपालिकाले उधम व्यवसाय गर्न इच्छुक समुहलाई परामर्श तथा उधमशीलता सम्बन्धी तालिम दिनेछ । तालिम पाएका किसान वा व्यवसायीको समुह बनाएर कर्जाका लागि बैंकमा सिफारिस गर्नेछ ।

नेपालको कूल ग्राहस्थ उत्पादनमा २७ प्रतिशत योगदान रहेको कृषि क्षेत्रमा करिब ६५ प्रतिशत जनता आश्रित रहेका छन् । 
 


प्रतिकृया दिनुहोस