२०८१ बैशाख ३० गते आइतबार | 12 May, 2024

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

- विशेष खबर बुधबार १७, मङि्सर २०७७ ०३:५५

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधाज्ञा तोडेको भन्दै नेता पौडेललाई नियन्त्रणमा लिइएको तनहुँका एसपी अरुण पौडेलले बताए ।

बुधबार व्यास नगरपालिका–१ स्थित तालघरे र दुम्सी जोड्ने पुल उद्घाटनको विषयलाई लिएर कांग्रेस र राष्ट्रिय युवा संघबीच विवाद चर्किएपछि जिल्ला प्रशासन तनहुँले उक्त क्षेत्रमा बुधबार मध्याह्न १२ बजेबाट साँझ ६ बजेसम्मलाइ निषेधाज्ञा लगाएकाे छ ।

निषेधाज्ञा तोड्दै नेता पौडेल पुल उद्घाटनमा जान खोजेपछि नियन्त्रणमा लिएको तनहुँ प्रहरीले जनाएको छ ।

निषेधाज्ञा जारी गरेपछि प्रहरी र युवा नेताहरुबीच केही बेर झडप भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास समेत प्रहार गरेको थियो ।


#नेपाली काँँग्रेस

प्रतिकृया दिनुहोस