२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

सचिवालय बैठकमा गएनन् ओली, स्थायी कमिटी बैठक पनि सर्‍यो

- विशेष खबर बुधबार १७, मङि्सर २०७७ ०३:१२

सचिवालय बैठकमा गएनन् ओली, स्थायी कमिटी बैठक पनि सर्‍यो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली नै अनुपस्थित भएका छन् ।

सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको थियो । तर अध्यक्ष ओली नै अनुपस्थित भएपछि केहीबेर बसेर २० गतेसम्मका लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

यस्तै बिहीबारका लागि बोलाइएको स्थायी कमिटी बैठक मंसिर २१ गतेसम्मका लागि सारिएको छ।


#नेपाल कम्युनिस्ट पार्टी

प्रतिकृया दिनुहोस