२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

विश्वराज पोखरेल एआईजीमा सिफारिस

- विशेष खबर मङ्गलबार १६, मङि्सर २०७७ ०९:१०

विश्वराज पोखरेल एआईजीमा सिफारिस

काठमाडौं । महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) मा सिफारिस भएका छन् ।

गृह सचिवको अध्यक्षतामा बसेको बढुवा समिति बैठकले सोमबार उनको बढुवा सिफारिस गरेको हो । पोखरेल नेपाल प्रहरीका सबैभन्दा वरिष्ठ डीआईजी हुन् ।

एआईजीमा सिफारिससँगै पोखरेल हालका आईजीपी शैलेश थापा क्षत्रीपछि नेतृत्वमा पुग्ने बाटो पनि खुलेको छ ।

गत कात्तिक २७ को मन्त्रिपरिषद् बैठकले एआईजीको एक र डीआईजीमा ५ वटा पद थपेर नेपाल प्रहरी र प्रदेश प्रहरीको संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण पारित गरेको थियो ।


#महानगरीय प्रहरी कार्यालय

प्रतिकृया दिनुहोस