२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन आधारहीनः सरकारका प्रवक्ता

- विशेष खबर आइतबार १४, मङि्सर २०७७ ०५:३७

ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन आधारहीनः सरकारका प्रवक्ता

काठमाडौं । सरकारले ट्रान्सपरेन्सी इन्टरनेसनलले हालै जारी गरेको प्रतिवेदनलाई आधारहीन, खोज अनुसन्धान नगरी आएको र सत्तारुढ दललाई बदनाम गराउने मनोगत उद्देश्यले आएको भन्दै यसलाई खारेज गरिएको बताएको छ ।

नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता संचार मन्त्री पार्वत गुरुङले जम्मा एक हजार मान्छेसँग फोनमा गरिएको सर्वेक्षणका आधारमा नेपालमा भ्रष्टाचार बढेको भनेर सरकार र सत्तारुढ दललाई बद्नाम गरिएको बताए ।

'विश्व सूचकांकमा नेपालको प्रगति राम्रो छ भनिरहेको छ । ३ करोड जनता रहेकोमा एक हजार जनामा फोनबाट सर्वेक्षण गरिएको छ । जुन थोरै हो । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका रहेका व्यक्तिहरू राजनीतिक छन् । राजनीतिक पूर्वाग्रहबाट तयार पारिएको प्रतिवेदन हो यो,' मन्त्री गुरुङले भने, 'सरकारविरुद्ध गतिविधि गर्ने व्यक्तिको धारणा लिएर प्रतिवेदन तयार पारिएको छ । सरकारविरुद्धमा मिसनको रुपमा प्रतिवेदन तयार पारिएको छ। सरकारप्रति वितृष्णा जगाउने काम गरिएको छ ।'

उनले बाघ कराउनु र बाख्रा हराउनुजस्तो केही प्रतिक्रियावादीले अभियान चलाएको पनि बताए । जनतामा निराशा र भ्रम छर्ने प्रयास भएको छ र जनतालाई भड्काउने प्रयास भइरहेको भन्दै उनले त्यस्ता कार्यमा संलग्न नहुन सरकारले अपिल गरेको पनि उल्लेख गरे ।

'ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका प्रमुख पनि चिनिएको राजनीतिक व्यक्ति भएकोले पनि यो प्रतिवेदनलाई खारेज गरिएको हो,' गुरुङले भने ।


#नियमित पत्रकार सम्मेलन

प्रतिकृया दिनुहोस