२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

दाहालको प्रस्तावबारे ओलीले के भने ? (जवाफको पूर्ण पाठ)

शनिबार १३, मङि्सर २०७७ ०४:०७

दाहालको प्रस्तावबारे  ओलीले के भने ? (जवाफको पूर्ण पाठ)

काठमाडौँ । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सचिवालय बैठकमा लिखित प्रस्ताव पेस गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको प्रस्तावलाई कुण्ठा र कृत्रिम आरोप संगालोको संज्ञा दिएका छन् ।

ओलीले पेस गरेको लिखित जवाफमा दाहालले वितरण गरेको 'प्रस्ताव'को प्रस्तुति– तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गंभीर सङ्कट निम्त्याएको उल्लेख गरिएको छ ।

'त्यसले पार्टी विधान अनुसार बैठकमा प्रस्तुत गरिने प्रस्तावको कुनै वैधानिक या राजनीतिक हैसियत नराख्ने भएकाले । खासै महत्व नदिँदा पनि हुने थियो । तर त्यसमा उठाइएका सङ्गीन र भ्रमोत्पादक प्रश्नहरुलाई अनुत्तरित राखी छाड्नु पार्टी, कम्युनिष्ट आन्दोलन, देश र जनताकै अहितमा हुने भएकाले केन्द्रीय सचिवालय बैठकमा यस सम्बन्धमा आफ्ना विचारहरु प्रस्तुत गरेको छु,' ओलीको जवाफमा भनिएको छ । 

पूर्ण पाठ पढ्न यहाँ क्लिक गर्नुहाेस् ः 

 


प्रतिकृया दिनुहोस