२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

नेकपाको सचिवालय बैठक बालुवाटरमा सुरु, प्रधानमन्त्री ओली लिखित जवाफ प्रस्तुत गर्दै

- विशेष खबर शनिबार १३, मङि्सर २०७७ ०२:०७

नेकपाको सचिवालय बैठक बालुवाटरमा सुरु, प्रधानमन्त्री ओली लिखित जवाफ प्रस्तुत गर्दै

काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा सुरु भएको छ । पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पछिल्लो समय बढेको विवादका कारण यो बैठकलाई महत्वपूर्ण मानिएको छ ।

अध्यक्ष दाहालले सचिवालयमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावको जवाफ अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आजको बैठकमा दिने कार्यसूची रहेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक सुरु भएको बताएका छन् । उनले प्रधानमन्त्री ओलीले लिखित जवाफ प्रस्तुत गर्ने बैठकको कार्यसूची रहेको पनि जनाएका छन् ।

अध्यक्ष दाहालले प्रस्तुत गरेको प्रतिवेदनलाई आरोप पत्र भन्दै ओली पक्षले फिर्ता लिनुपर्ने माग गरेको थियो । तर बहुमत सदस्यलाई साथ लिएर दाहालले सचिवालय बैठक बोलाउने तयारी गरेपछि प्रधानमन्त्री ओली सचिवालय बैठकमा सहभागी भइ आफूले पनि लिखित प्रस्ताव ल्याउने भन्दै दस दिनको समय माग गरेका थिए ।

उनलाई दस दिनको समय दिएर आज शनिबार बैठक बोलाइएको हो । दाहालको प्रस्तावमा ओलीले दिने लिखित जवाफले नेकपाको विवाद कता जान्छ भन्ने तय हुने विश्लेषकहरुले बताएका छन् ।


प्रतिकृया दिनुहोस