२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

चिनियाँ रक्षामन्त्री भोलि नेपाल आउदै

शनिबार १३, मङि्सर २०७७ ०९:२३

चिनियाँ रक्षामन्त्री भोलि नेपाल आउदै

काठमाडौं । चिनियाँ स्टेट काउन्सिलर एवं रक्षामन्त्री वेई फेङ्हे एकदिने भ्रमणको व्यस्त तालिका लिएर आइतबार काठमाडौं आउने भएका छन् ।

परराष्ट्र मन्त्रालयले शनिबार बिहान जारी गरेको विज्ञप्तिअनुसार रक्षामन्त्री फेङ्हेले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसहितका नेताहरूसँग भेटवार्ता गर्नेछन् ।

नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाँठका अवसरमा रक्षामन्त्री फेङ्हेको भ्रमण हुन लागेको र यसले आपसी सुरक्षा समन्वयका विविध विषयमा कुराकानी हुने विज्ञप्तिमा उल्लेख छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा आउन लागेका रक्षामन्त्री फेङ्हेले चिनियाँ दूतावासद्वारा आयोजना हुने द्विदेशीय सहयोग–समन्वयको बृहत् कार्यक्रममा सहभागिता जनाउने भएका छन् । फेङ्हे आइतबार अपराह्न काठमाडौंबाट ढाकाका लागि प्रस्थान गर्नेछन् ।


#चिनियाँ रक्षामन्त्री

प्रतिकृया दिनुहोस