२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय वार्ता सकियाे

- विशेष खबर बिहिबार ११, मङि्सर २०७७ ०५:०८

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय वार्ता सकियाे

काठमाडौं । दुई मुलुकबीच कूटनीतिक संवादको लागि बाटो खुला गर्दै बिहीबार भएको नेपाल–भारत द्वीपक्षीय परराष्ट्र सचिव स्तरीय वार्ता याक एन्ड यति होटलमा सकिएको छ ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार परराष्ट्र सचिव स्तरीय वार्ता सकिएको हो । उनका अनुसार दुई पक्षीय विदेश सचिव स्तरीय वार्ताको बारेमा परराष्ट्र मन्त्रालयले केही बेरमा विज्ञप्ती जारी गर्ने छ ।

दुई पक्षीय विदेश सचिव स्तरीय वार्ता सकिएपछि भारतीय विदेश सचिव हर्षवर्धन श्रृंखला सिंहदरबार पुगेका छन् ।

त्यहाँ उनले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँग भेट्ने कार्यक्रम रहेको छ । उनले त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

 


प्रतिकृया दिनुहोस