२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

प्रधानमन्त्री ओली ओलाङचुङगोलाकाे भ्रमणमा

- विशेष खबर सोमबार ०८, मङि्सर २०७७ १०:२७

प्रधानमन्त्री ओली ओलाङचुङगोलाकाे भ्रमणमा

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली पूर्वी क्षेत्रको भ्रमणमा निस्किएका छन् । उनी सोमबार बिहान पौने १० बजे सेनाको हेलिकोप्टरमा त्यसतर्फ प्रस्थान गरेका हुन् । उनी ताप्लेजुङका ओलाङचुङगोला, घुन्सा र इलामको जौबारी जाने कार्यक्रम छ ।

प्रधानमन्त्रीले ओलाङचुङगोला नाका अवलोकन, सीमा सुरक्षा पोस्टको निरीक्षण र घुन्साबासीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंले बताए । फक्ताङलुङ गाउँपालिक–६ लेलेप घुन्सालाई नमुना गाउँ घोषणा गरिँदै छ ।

प्रधानमन्त्रीले घुन्सा फाउन्डेसनद्वारा स्थापित सामुदायिक स्वास्थ्य एकाइको उद्घाटन र स्थानीयलाई सम्बोधन गर्ने कार्यक्रम रहेको फाउन्डेसनकी अध्यक्ष याङजुम शेर्पाले जानकारी दिइन् ।

ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, नेकपा नेता सुवास नेम्वाङ, १ नम्बर प्रदेशका मुख्यमन्त्री सेरधन राई आउने कार्यक्रम रहेको प्रजिअ चापागाईंले जानकारी दिए ।


प्रतिकृया दिनुहोस