२०८१ बैशाख २९ गते शनिबार | 11 May, 2024

रिक्त प्रतिनिधि सभा सदस्यमा कांग्रेसका पाण्डे निर्वाचित

- विशेष खबर सोमबार ०८, मङि्सर २०७७ ०९:१६

रिक्त प्रतिनिधि सभा सदस्यमा कांग्रेसका पाण्डे  निर्वाचित

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभा समानुपातिकतर्फ रिक्त पदमा मोहनप्रसाद पाण्डेलाई पठाएको छ।

स्याङ्जा कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ का पाण्डेलाई कांग्रेसको सिफारिसअनुसार निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएको प्रमाणपत्र दिएको छ।

कांग्रेसले गत २०७४ सालमा आयोगमा बुझाएको बन्द सूचीमा समानुपातिकतर्फ पाण्डेको नाम थियो। पाण्डेलाई सपथ खुवाउन बाँकी छ। 

यसअघि कांग्रेसका सांसद कास्कीका सूर्यबहादुर केसीको निधन भएपछि उक्त पद रिक्त थियो।

 


#नेपाली काँँग्रेस

प्रतिकृया दिनुहोस