२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

ग्लोबल आइएमई बैंकको नयाँ शाखा मुस्ताङकाे घरपझोङमा, ७३ जिल्लामा पुग्यो बैंकको सेवा

- विशेष खबर आइतबार ०७, मङि्सर २०७७ ०५:२९

ग्लोबल आइएमई बैंकको नयाँ शाखा  मुस्ताङकाे घरपझोङमा, ७३ जिल्लामा पुग्यो बैंकको सेवा

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबारदेखि मुस्ताङ् जिल्लाको घरपझोङ गाउँपालिकामा नयाँ शाखा संचालनमा ल्याएको छ । नयाँ शाखा संचालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६४ पुगेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ग्लोबल आइएमई बैंकले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

ग्लोबल आइएमई बैंकले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २३८ एटिएम, ४५ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २३१ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि सम्पर्क कार्यालय मार्फत आफ्ना २१ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । 
 


#ग्लोबल आइएमई बैंक

प्रतिकृया दिनुहोस