२०८१ मङि्सर ०७ गते शुक्रबार | 22 November, 2024

नेकपा सचिवालय बैठक शुक्रबार बस्दै

बिहिबार २७, कार्तिक २०७७ ०२:२७

नेकपा सचिवालय बैठक शुक्रबार बस्दै

काठमाडौँ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली सहमत भएपछि नेकपाको सचिवालय बैठक बस्ने भएको छ । शुक्रबार ४ बजे बालुवाटारमा सचिवालय बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

पार्टी मुख्यालयमा मंगलबार नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठ सहभागी अनौपचारिक बैठकले औपचारिक बैठकका लागि बिहीबारसम्म अध्यक्ष ओलीलाई पर्खिने निर्णय गरेको थियो । त्यसैअनुसार ओलीलाई बैठकको सहमतिका लागि आग्रह पनि गरेको थियो ।

बिहीबार पनि ओली सहमत नभएको खण्डमा बहुमत सदस्यको औपचारिक बैठक बसेर निर्णय गर्ने तयारीमा दाहाल–नेपाल समूह जुटेको थियो । तर, बैठकका लागि ओली तयार भएपछि महासचिव विष्णु पौडेलले अध्यक्ष दाहालसँगको समेत परामर्शमा शुक्रबारलाई बैठक बोलाएका हुन् ।

नेकपामा भदौ २६ को स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन नभएको विषयलाई लिएर विवाद चर्केको छ । त्यसबाहेक अन्य नयाँ विवाद पनि थपिएका छन् । कात्तिक २२ मा अध्यक्ष दाहालसहितका पाँच नेताले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई बैठकका लागि आग्रह गर्दै दुई पेज लामो पत्र बुझाएका थिए ।


प्रतिकृया दिनुहोस