२०८१ बैशाख २७ गते बिहिबार | 9 May, 2024

मंसिर २ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

बुधबार २६, कार्तिक २०७७ ०३:४३

मंसिर २ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं ।  सरकारले मंसिर २ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै मंसिर २ गते सार्वजनिक विदा दिने निर्णय गरेको हाे ।

गृहका प्रवक्ता सहचक्र बहादुर बुढाका अनुसार किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको र उक्त दिन सरकारी कार्यालय पनि बन्द रहने छन्। भाइटीकाको भोलिपल्ट नेवाः समुदायले किजा पूजा अर्थात् भाइ पूजा मनाउने गर्छन्।  

किजा पूजामा म्हः पूजाकै दिनमा जस्तै मण्डप तयार गरी सबै प्रकारका फलफूल राख्ने गरिन्छ । त्यसपछि दाजुभाइ दिदीबहीनीले एकअर्कालाई अक्षता, अविर, दहि, चिउरा र पानी राखेको रातो टीका लगाइदिन्छन् । त्यसलाई नेवारी संस्कारमा ‘जाकि सिन्ह’ भनिन्छ । त्यसपछि एकअर्काको दीर्घायूको कामना गर्दै सगुन, उपहार र खानेकुरा आदि दिने गरिन्छ।


प्रतिकृया दिनुहोस