२०८१ बैशाख २६ गते बुधबार | 8 May, 2024

उद्धार उडान बन्द गर्न सरकारलाई सिफारिस गर्ने सीसीएमसी निर्णय

आइतबार २३, कार्तिक २०७७ ०७:४४

उद्धार उडान बन्द गर्न सरकारलाई सिफारिस गर्ने सीसीएमसी निर्णय

काठमाडौँ । कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार सकिएको भन्दै उद्धार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । हालसम्म १ लाख ३६ हजार २१६ जनाको उद्धार गरी स्वदेश फर्काएको भन्दै सीसीएमसीले उद्धार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको हो । 

विभिन्न देशमा रहेका नेपाली कूटनीतिक नियोगहरुले लगभग उद्धारको सकिएको जानकारी गराएपछि उद्धार उडान बन्द गर्न सरकारलाई सिफरिस गर्ने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिए । कुनै देशबाट पुन: उद्धार गरी ल्याउनुपर्ने अवस्थामा नियमित उडानबाट नै ल्याउने व्यवस्था मिलाउनुपर्ने सीसीएमसीको निर्णय छ ।

यसैगरी सीमानाका हुँदै नेपाल भित्रिन १३ वटा प्रवेश विन्दु रहेकोमा बैतडीको झुलाघाट नाका सुरु गर्ने निर्णय पनि गरिएको छ । यसैगरी केबलकार, जंगल सफारी र सासहिक पर्यटनका क्षेत्र खुला गर्न पनि सरकारलाई सिफारिस गरिएको उनले बताए ।

होम आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुको संख्या धेरै रहेको अवस्थामा स्वास्थ्य परामर्शका लागि स्थानीय तहका वडाहरुबाट स्वास्थ्यकर्मीले परामर्श सेवा दिन अनुरोध गर्ने निर्णय पनि सीसीएमसीले गरेको छ । कूटनीतिक नियोगका कर्मचारीका परिवारलाई पनि नेपाल आउन दिने निर्णय गर्न मन्त्रिपरिषद्लाई सिफरिस गरिएको उनले बताए ।


प्रतिकृया दिनुहोस