२०८१ बैशाख २७ गते बिहिबार | 9 May, 2024

प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष नरवणेबीच भेट

शुक्रबार २१, कार्तिक २०७७ ०४:३५

प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष नरवणेबीच भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणेले शुक्रबार शिष्टाचार भेट गरेका छन् ।

भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त गरे ।

उनले दुई देशबीच सदिऔंँ पुरानो विशिष्ट सम्बन्ध रहेको जनाउँदै एकार्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस