२०८१ बैशाख २७ गते बिहिबार | 9 May, 2024

नेकपा केन्द्रीय कमिटी बैठक स्थगित

बुधबार १२, कार्तिक २०७७ ०४:१९

नेकपा केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को यही कात्तिक १५ देखि १७ गतेका लागि तोकिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड–१९ महामारीको बढ्दो प्रकोपका कारण स्थगन भएको छ ।

नेकपा केन्द्रीय कार्यालय सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले आज विज्ञप्ति जारी गरी स्थगित बैठक आगामी मङ्सिर १५ देखि १७ गते आयोजना गरिने जनाइएको छ ।

आगामी चैतको अन्तिम साताका लागि तोकिएको नेकपाको एकतापछिको राष्ट्रिय महाधिवेशनका लागि केन्द्रीय कमिटीले तयारी गर्ने छ ।


#नेकपा

प्रतिकृया दिनुहोस