२०८१ बैशाख २७ गते बिहिबार | 9 May, 2024

राप्रपा अध्यक्ष थापालाई कोरोना पुष्टि

बिहिबार २९, असोज २०७७ ०९:४७

राप्रपा अध्यक्ष थापालाई कोरोना पुष्टि

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना पोजेटिभ पुष्टि भएको छ ।

सामान्य टाउको दुखाइपछि ह्याम्स अस्पतालमा बुधबार गरिएको कोभिड–१९को पिसिआर परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी गराएका छन् ।

कोरोनाको महामारीबाट जोगिन आवश्यक सावधानी र सतर्कता राखे तापनि परीक्षणको नतिजा पोजेटिभ आएको र अहिले स्वास्थ्यावस्था सामान्य रहेको अध्यक्ष थापाले उल्लेख गरेका छन् ।

उनी अहिले बूढानीलकण्ठस्थित निवासमै आइसोलेशनमा रहेकाे पार्टी सचिवालय सदस्य राजाराम बर्ताैलाले जानकारी दिए ।

केही दिनयता आफूसँग सम्पर्कमा आएका सबैलाई सुरक्षित र सतर्क रहन अध्यक्ष थापाले  अनुरोधसमेत गरेका छन् ।


प्रतिकृया दिनुहोस