२०८१ बैशाख २६ गते बुधबार | 8 May, 2024

सार्वजनिक सवारीमा पुरै सिटमा यात्रु राख्न खुला, बढेकाे भाडा खारेज

मङ्गलबार २७, असोज २०७७ ०८:५१

सार्वजनिक सवारीमा पुरै सिटमा यात्रु राख्न खुला, बढेकाे भाडा खारेज

काठमाडाैं । सरकारले सार्वजनिक सवारीमा पुरै सिटमा यात्रु राख्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषदको बैंठकले यस अघि आधा सिटमा मात्र यात्रु राख्ने निर्णय पुर्नविचार गर्दै पहिलाको जस्तै सबै सिटमा यात्रु राख्न दिने निर्णय गरेको हो।

अहिले छोटो तथा लामो दुरीमा चल्ने सार्वजनिक सवारीले आधा यात्रु मात्र चढाउने गरेका थिए। भाडा भने दोब्बर लिदैँ आएका थिए।

दशैंलाई मध्यनजर गरेर पुरै सिटमा यात्रु राख्ने निर्णय गरिएको एक मन्त्रीले जानकारी दिए। बैठकले सिमा नाका र अन्तर्राष्ट्रिय उडान कात्तिक महिनाभर नखोल्ने निर्णय गरेको छ। बैठकले आम नागरिकलाई जहाँ छ, त्यही दशैं मनाउन र उपत्यकाबाट गाउँ नजान आग्रह गर्ने निर्णय पनि गरेको छ ।


प्रतिकृया दिनुहोस