२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

अशोक लेलैण्डका सवारी खरिदमा सनराइज बैंकले बिना धितो ६० प्रतिशतसम्म कर्जा सुविधा दिने

बुधबार २१, असोज २०७७ ०९:५४

अशोक लेलैण्डका सवारी खरिदमा सनराइज बैंकले बिना धितो ६० प्रतिशतसम्म कर्जा सुविधा दिने

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्वारा प्रबद्र्धित अशोक लेलैण्ड र सनराइज बैंकबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

सम्झौतामा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत, जनकशर्मा पौडेल र आइएमई मोटर्सकोतर्फबाट कार्यकारी निर्देशक सन्दिप अग्रवालले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुरुप आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सनराइज बैंकबाट योग्य व्यक्ति तथा संस्थाहरुलाई परिपत्र तथा सहुलियतपूर्ण कर्जाहरु लगानी गर्न साथै ब्याज अनुदान सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

यसै अनुरुप बैंकको नीतिअनुसार ग्राहकहरुलाई भारतीय कम्पनी अशोक लेलैण्डद्वारा निर्मित र आइएमई मोटर्सद्वारा बिक्रिवितरण गरिएका दोस्त मोडलका सम्पूर्ण सवारी साधन खरिद गर्नका लागि बिना धितो कम्तीमा खरिद मूल्यको ६० (साठी) प्रतिसतसम्मको सहुलियत पूर्ण कर्जा उपलब्ध गर्ने सुविधा प्राप्त भएको छ । यो कर्जा प्रवाहको सुविधा अधिकतम ७ वर्षसम्मको लागि मासिक किस्ता तिर्ने आधारमा गर्ने भएको छ । 

यो सुविधा अशोक लेलैण्डद्वारा निर्मित र आइएमई मोटर्सद्वारा बिक्रिवितरण गरिएका अन्य सवारी साधनमा पनि कर्जा प्रवाह गर्ने भएको छ ।  


प्रतिकृया दिनुहोस