२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

प्रदेश ५ को स्थायी राजधानी र नामकरणको प्रस्तावमा मतदान हुँदै, देउखुरीका विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप

मङ्गलबार २०, असोज २०७७ १०:५४

प्रदेश ५ को स्थायी राजधानी र नामकरणको प्रस्तावमा मतदान हुँदै, देउखुरीका विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप

काठमाडाैं । प्रदेश ५ को स्थायी राजधानी र नामकरणको प्रस्तावमा मंगलबा प्रदेशसभामा मतदान हुँदैछ ।

सरकारले शुक्रबार दर्ता गरेको नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी क्षेत्र हुने भन्ने प्रस्तावमाथिको छलफल सोमबार सकिएको थियो ।

सभामुख पूर्णबहादुर घर्तीले छलफल सकिएको १८ घण्टाभित्र संशोधन प्रस्ताव दर्ता गर्ने सदस्यका लागि प्रदेशसभा स्थायी राजधानी र नामकरणसम्बन्धी आन्तरिक कार्यविधि २०७७ को दफा ६ उपदफा १ बमोजिम १८ घण्टाको समय उपलब्ध गराएका छन् । बिहान साढे ८ बजेसम्म एउटा मात्र संशोधन प्रस्ताव दर्ता भएको छ । संशोधन दर्ताको समय मंगलबार साढे १० बजे सकिँदैछ । प्रदेशसभा बैठक मंगलबार दिउँसो १२ बजेका लागि बोलाइएको छ ।

नेपाली कांग्रेसले प्रदेश नं ५ को स्थायी राजधानी देउखुरीका विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरेको छ ।  

आज बस्ने प्रदेशसभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निर्णय हुन सक्ने भएकाले दाङस्थित देउखुरीका विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलले ह्विप लगाएको हो ।

प्रदेश सरकारले प्रदेशसभामा पेश गरेका प्रस्तावका विपक्षमा मतदान गर्ने निर्णय भएको विपक्षी दल कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडियाले जानकारी दिए । नामका बारेमा भने कांग्रेसको असहमति नरहेको उनले बताए ।

कांग्रेसले निर्णय गरे पनि दाङ र  बाँकेका नेताले भने दाङकै पक्षमा मतदान गर्ने तयारी गरेका छन् । प्रदेश सरकारको निर्णयपछि आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानी  देउखुरी उपत्यका र प्रदेशको नाम लुम्बिनी प्रस्ताव गर्दै प्रदेशसभामा शुक्रबार पेश गरेका थिए । 


प्रतिकृया दिनुहोस