२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

नेकपा संसदीय दलको बैठक सकियो:सरकारको प्रस्तावका पक्षमा मत हाल्न ह्विप

सोमबार १९, असोज २०७७ ०१:१४

नेकपा संसदीय दलको बैठक सकियो:सरकारको प्रस्तावका पक्षमा मत  हाल्न  ह्विप
फाइल तस्बिर ।

बुटवल । प्रदेश ५ को नेकपा स‌ंसदीय दलले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको देउखुरी बनाउने प्रदेश सरकारको प्रस्तावका पक्षमा मत हाल्न आफ्ना प्रदेशसभा सदस्यहरुलाई ह्विप जारी गरेको छ ।

संसदीय दलको साेमबार बसेकाे बैठकमा मुख्यमन्त्री तथा संसदीय दलका नेता शंकर पोखरेलले सरकारको निर्णयका पक्षमै मत हाल्न ह्विप जारी गरेको प्रदेशसभा सदस्य दधिराम न्यौपानेले जानकारी दिए ।

प्रदेश ५ मा नेकपाका ६१, कांग्रेसका १९, जनता समाजवादीका ६ र राष्ट्रिय जनमोर्चाका १ गरी ८७ सदस्य छन् । सरकारको प्रस्ताव पारित हुनका लागि ५८ मत चाहिन्छ जुन नेकपाले ह्विप जारी गरेपछि पूरा हुने देखिएको छ ।

यसअघि दाङको देउखुरी क्षेत्रलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्तावमा लुम्बिनी क्षेत्रका नेकपाका १४ सांसदले नोट अफ डिसेन्ट लेखेका थिए ।


प्रतिकृया दिनुहोस