२०८१ बैशाख २९ गते शनिबार | 11 May, 2024

सरकारले डा. केसीका माग प्रति गम्भीरता प्रस्तुत नगर्नु अत्यन्तै दुःखद र गम्भीर छः कांग्रेस

- विशेष खबर आइतबार १८, असोज २०७७ ०४:१४

सरकारले डा. केसीका माग प्रति गम्भीरता प्रस्तुत नगर्नु अत्यन्तै दुःखद र गम्भीर छः कांग्रेस

काठमाडाैं । नेपाली कांग्रेसले १९ दिन देखी अनसनरत डा.गाेविन्द केसीका माग अबिलम्ब पुरा गरी जिवन रक्षा गर्न प्रधानमन्त्रीलाइ अपिल गरेकाे छ ।

पार्टि सभापति शेरबहादुर देउवाद्वारा जारी बिज्ञप्तिमा भनिएकाे छ, 'डा. गोविन्द के.सी.को अनशन २१ दिन पुगेर उहाँको स्वास्थ्य स्थिति चिन्ताजनक बनिसक्दा समेत सरकारले वार्ता गरेर माग पूरा गर्न कुनै गम्भीरता प्रस्तुत नगरेको स्थिति अत्यन्तै दुःखद र गम्भीर छ ।'

बिज्ञप्तिमा भनिएकाे छ, 'चिकित्सा शिक्षामा सुधार देखि कोरोना विरुद्ध प्रभावकारी कदम समेतका उहाँका मागहरु केवल एक ब्यक्तिका माग होइनन्, प्रतिपक्षले निरन्तर उठाइरहेको र सिंगो देशले भावनात्मक ऐक्यवद्धता जनाएका मागहरू हुन् । जनभावना अनुरुपका माग र आवाजलाई सुनुवाइ गर्नु सरकारको कर्तव्य हो । तर सरकारले शुरूवातमा डा. के.सी.प्रति दुव्र्यवहारपूर्ण ब्यवहार गर्नु एकातर्फ आपत्तिजनक थियो भने अर्कातर्फ अहिलेसम्म संवाद र समाधानमा उदासिन ब्यवहार देखाउनुले लोकतान्त्रिक प्रणाली भित्र कम्युनिष्ट तन्त्रको अनुदार चरीत्रलाई पुष्टि गरेको छ ।'

बिज्ञप्तिमार्फत सभापति देउवाले भनेका छन, 'डा. के.सी.को जटिल बनेको स्वास्थ स्थिति दृष्टिगत गरेर अविलम्ब वार्ता गर्न, मागहरू पूरा गर्न र उहाँको जीवन रक्षा गर्न किन्चित ढिलाई नगर्न आग्रह गर्दै, ढिलाइको दुष्परिणाम गम्भीर हुने चेतावनी समेत म दिन चाहन्छु ।'

हेर्नुहाेस बिज्ञप्तिः

 


#नेपाली काँँग्रेस

प्रतिकृया दिनुहोस