२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

कांग्रेसको केन्‍द्रीय कार्यालय आजदेखि २२ गतेसम्म बन्द

आइतबार १८, असोज २०७७ १२:१८

कांग्रेसको केन्‍द्रीय कार्यालय आजदेखि २२ गतेसम्म बन्द

काठमाडौं । नेपाली कांग्रेसको केन्‍द्रीय कार्यालय ५ दिनका लागि बन्द गरिएको छ ।

पार्टीका केही केन्द्रीय सदस्य र अन्य केही व्यक्तिमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएपछि आजदेखि २२ गतेसम्मका लागि कार्यालय बन्द गरिएको कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यही असोज १५ गते पीसीआर जाँचका लागि पार्टी कार्यालयबाटै नेताहरुले स्वाब दिएका थिए । त्यसमध्ये केही नेताहरुको पीसीआर रिपोर्ट पोजेटिभ आएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस