२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

प्रदेश ५ काे स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्ताव प्रदेशसभामा दर्ता

- विशेष खबर शुक्रबार १६, असोज २०७७ ०४:०१

प्रदेश ५ काे स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्ताव प्रदेशसभामा दर्ता

काठमाडाैं । प्रदेश ५ सरकारले स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्ताव प्रदेशसभामा दर्ता गरेको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा पेस गरेका छन् । उक्त प्रस्ताव प्रदेश सभाबाट पारित भएपछि प्रदेशको राजधानी र नामको टुंगो लाग्नेछ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शीर्ष नेतृत्वबीच सहमति भए लगतै प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश राजधानी र नामबारे प्रस्ताव पास गरेको थियो ।

यसअघि शुक्रबार बिहानै बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी बनाउने र नाम लुम्बिनी राख्ने प्रस्ताव पारित गरेको मन्त्री केसीले बताए ।

नेपालको संविधानले प्रदेश राजधानी र प्रदेशको नाम तोक्ने अधिकार प्रदेश सभालाई दिएको छ । प्रदेश सभाले स्थायी राजधानी र नामको बारेमा निर्णय गर्नका लागि कार्यदल गठन गरेको थियो ।

प्रदेश सभामा मन्त्री केसीले प्रस्ताव पेस गरेपछि केही सांसदहरूले भने विरोध जनाएका थिए ।

यसअघि गण्डकी, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशले नाम र राजधानीबारे टुंगो लगाइसकेको छ । प्रदेश १ र प्रदेश २ ले भने नाम र राजधानीबारे टुंगो लगाउन सकेको छैन ।


प्रतिकृया दिनुहोस