२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

राष्ट्रिय सभामा मनोनित गौतमको योग्यतामाथि उठेको प्रश्न सुनुवाइ गर्न संवैधानिक इजलास गठन

बुधबार १४, असोज २०७७ ११:१४

राष्ट्रिय सभामा मनोनित गौतमको योग्यतामाथि उठेको प्रश्न सुनुवाइ गर्न संवैधानिक इजलास गठन

काठमाडौं । राष्ट्रिय सभामा मनोनित नेकपा उपाध्यक्ष वामदेव गौतमको योग्यतामाथि उठेको प्रश्नबारे सुनुवाइ गर्न सर्वोच्च अदालतले संवैधानिक इजलास गठन गरेको छ ।

प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराको नेतृत्वमा गठित ५ सदस्यीय इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन् ।

उक्त संवैधानिक इजलासमा अधिवक्ता बद्रिराज भट्ट र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दर्ता गरेका छुट्टाछुट्टै निवेदन परेका छन् ।

त्रिपाठीको निवेदनमाथि सुनुवाइपछि सर्वोच्च अदालतले गत साता गौतमको मनोनयन ‘यथास्थितिमा राख्नु’ भन्ने आदेश गरी थप संवैधानिक जिम्मेवारी नदिनु भनेको थियो ।

संवैधानिक इजलासले दुवैपक्षको तर्क सुनी गौतमको मनोनयनमाथि अन्तरिम आदेश जारी गर्ने वा नगर्ने आदेश गर्नेछ ।

 


प्रतिकृया दिनुहोस