२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

ओम्नी विजनेस कर्पोरेसनलाई तत्काल कालोसूचीमा नराख्न सर्वाेच्चकाे अन्तरिम आदेश

- विशेष खबर सोमबार १२, असोज २०७७ ०७:५२

ओम्नी विजनेस कर्पोरेसनलाई तत्काल कालोसूचीमा नराख्न सर्वाेच्चकाे अन्तरिम आदेश
फाइल तस्बिर ।

काठमाडौं। सर्वोच्च अदालतले स्वास्थ्य सामग्री खरिद अनियमिततामा मुछिएका ओम्नी बिज्नेश कर्पोरेट इन्टरनेसनल (ओबीसीआई) लाई तत्काल कालोसूचीमा नराख्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले सार्वजनिक खरिद अनुगमन कार्यालयको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नीलाई कालो सूचीमा राख्ने निर्णय गरेपछि त्यसविरुद्ध ओम्नी सर्वोच्च अदालत गएको थियो ।

लकडाउन लगत्तै स्वास्थ्य सामग्री खरिदको जिम्मेवारी पाएको ओम्नीले गुणस्तरिय सामान नल्याएको अनि समयमा सामान समेत आपूर्ति नगरेको भनी स्वास्थ्य सेवा विभागले ओम्नीसँगको खरिद सम्झौता रद्द गरेको थियो ।


#ओम्नी बिज्नेश कर्पोरेट इन्टरनेसनल

प्रतिकृया दिनुहोस