२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

मन्त्रिपरिषद् पुनर्गठनबारे नेकपा सचिवालय बैठकमा छलफल

- विशेष खबर आइतबार ०४, असोज २०७७ ०३:४१

मन्त्रिपरिषद् पुनर्गठनबारे नेकपा सचिवालय बैठकमा छलफल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको छ ।

पार्टी कार्यालय पेरिसडाडाँमा बसेको बैठकमा नेताहरुले यसबारे आ-आफ्नो धारणा राखेका हुन् । 

‘मन्त्रिपरिषद पुनर्गठनबारेमा आजको सचिवालय बैठकमा छलफल भयो,’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरूसँग भने, ‘मन्त्रिपरिषद पुनर्गठनबारे नीतिगत रूपमा र मापदण्डबारे छलफल सुरू भएको छ। नामबारे छलफल भएन। आवश्यकता परेमा नामबारे प्रधानमन्त्रीसँग पछि यसबारे छलफल गर्न सकिन्छ।’

आजको सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठन लगायत चार एजेन्डा छलफलका लागि पेश गरिएको थियो।

हालै सकिएको स्थायी कमिटी बैठकको निर्णय र निष्कर्षलाई कार्यान्वयन गर्न सचिवालय बैठक बसेको श्रेष्ठले जानकारी दिए।

बैठकमा संवैधानिक तथा राजनीतिक नियुक्तिको एजेन्डा पनि छलफलका लागि पेश भएका छन्। सरकारले गर्ने नियुक्ति विषयमा आधार तय गर्न छलफल गर्न लागिएको उनले बताए।

बैठकका अरु एजेण्डामा छलफल गर्न भोलि १ बजे फेरि बैठक बस्नेछ ।

 


प्रतिकृया दिनुहोस