२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

डा. केसीलाई प्रहरीले जर्बजस्ती उठाएर अस्पताल लग्याे

आइतबार ०४, असोज २०७७ १२:०२

डा. केसीलाई प्रहरीले जर्बजस्ती उठाएर अस्पताल लग्याे

काठमाडाैं । ६ दिनदेखि जुम्लाको चन्दननाथ नगरपालिकास्थित बाबिरामस्टो मन्दिरमा १९ औं सत्याग्रहमा बसिरहेका चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीलाई शनिबार राति प्रहरीले जर्बजस्ती उठाएर अस्पताल लगेको छ । 

राति पौने ११ बजेतिर करिब दुइ दर्जन संख्यामा पुगेका प्रहरीले उनलाई उपचारका लागि जबर्जस्ती कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको डा. केसीका सहयोगी स्थानीय युवक महेन्द्र कार्कीले बताए । 

उनलाइ अहिले अस्पतालकाे अाइसीयू कक्षमा राखिएकाे छ । डा. केसीले जबर्जस्ती अपहरण शैलीमा उठाएकाले उपचार नलिने अडान लिएका छन् ।

शनिबार दिउसो डा. केसीको नियमित स्वास्थ्य निगरानी गरिरहेका चिकित्सकले उनलाई अस्पताल लैजानु पर्ने सुझाव दिएका थिए । डा. केसीले भने अस्पताल जान इन्कार गर्दै आएका थिए ।  

याे पनि पढ्नुहाेस् 

डा.गोविन्द केसीकाे १९ औं सत्याग्रह जुम्लामा सुरू


प्रतिकृया दिनुहोस