२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

डा.गोविन्द केसीकाे १९ औं अनशन जुम्लामा सुरू

- विशेष खबर सोमबार २९, भदौ २०७७ ०२:३४

डा.गोविन्द केसीकाे १९ औं अनशन जुम्लामा सुरू
फाइल तस्बिर ।

काठमाडाैं । चिकित्सा शिक्षामा सुधारको माग राख्दै डा.गोविन्द केसी जुम्लामा अनशन बसेका छन् ।

जुम्लाको चन्दननाथ–६ रानिचौरमा रहेको वाविरा मन्दिरमा उनले १९ औं सत्याग्रह सुरु गरेका हुन् । नेपालीहरुको नि:शुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता र सरकारविरुद्ध जुम्लामा १९ औं सत्याग्रह सुरु गरेको डा.गोविन्द केसीले बताए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसलगायतका कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश नम्बर २ र गण्डकी प्रदेश तथा डोटी, डेडेलधुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल प्रक्रिया अघि बढाउनु पर्ने, अछामकाे वायलपाटा अस्पतालमा नियमितकाे ब्यवस्था गर्नुपर्ने उनका मागहरु रहेका छन् ।

आफूसँग २०७५ साउन १० गते भएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरिनुपर्ने लगायतका मागहरु राखेर डाक्टर केसीले अनसन सुरु गरेका हन् । उनले १६ औं सत्याग्रह पनि जुम्लामा गरेका थिए ।

पहिलाको सत्याग्रहका बेला गरिएका सम्झौताहरु अहिलेसम्म पनि सरकारले कार्यान्वयन नगरेकाले आफू अनशन बस्न बाध्य भएको उनले बताए ।


#डा.गोविन्द केसी

प्रतिकृया दिनुहोस