२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

महामन्त्री कोइराला अस्पतालबाट ‘डिस्चार्ज’

शनिबार ०३, असोज २०७७ ०३:०३

महामन्त्री कोइराला अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । केही दिन पहिला कोरोना सङ्क्रमण पुष्टि भएका महामन्त्री कोइरालामा सामान्य ज्वरो आएपछि गत मङ्गलबार ओम अस्पताल चावहिलमा भर्ना भएका थिए । कोइरालाको स्वास्थ्यमा सुधार आएपछि आज ‘डिस्चार्ज’ भएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए । 

महामन्त्री कोइरालाले आफ्नो स्वास्थ्य अवस्थाबारे नियमित चासो, चिन्ता, शुभेच्छा र स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् । यस्तै, आफ्नो स्वास्थ्य अवस्थाबारे आम जनतामाझ जानकारी गराउने पत्रकार तथा आफ्नो उपचारमा सङ्लग्न डा विश्वनाथ कोइरालालगायत चिकित्सक टोलीलाई समेत धन्यवाद व्यक्त गरेका छन् । उनले आफ्नो स्वास्थ्य स्थितिमा क्रमिक सुधार आएसँगै चिकित्सकको सल्लाहबमोजिम अब केही दिन होम आइसोलेसनमा रहने जानकारीसमेत गराएका छन् । 


प्रतिकृया दिनुहोस