- विशेष खबर बिहिबार ०१, असोज २०७७ ०७:३९
                                                            काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले शंकास्पद व्यक्तिको मृत्यु भएमा कोरोना परीक्षण नगर्ने निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार शंकास्पद मृत्युमा शव व्यवस्थापन गर्दा सबै मापदण्ड पालना गर्नुपर्ने, नजिकको सम्पर्कमा रहेका व्यक्तिहरु १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने तर शवबाट स्वाब निकालेर पीसीअार टेष्ट नगर्ने निर्णय गरेको थियो ।
कांग्रेसले यो निर्णय गलत भएको भन्दे तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।
प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै भनेका छन्, कसैलाई संक्रमण छ र छैन व्यापक परीक्षण गर्नु र उबाट अन्यमा सर्न नदिन सम्पूर्ण सतर्कता राख्नु राज्यको प्रथम दायित्व हो । तर कयौंले जीवित छँदै आफ्नो स्थितिबारे पूर्व सूचना पाएनन्, मृत्यु पश्चात कोरोना पुष्टि भएको कयौं विवरण सार्वजनिक भए ।’
हेर्नुहाेस बिज्ञप्तिः

प्रतिकृया दिनुहोस