२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

वामदेव गौतमले लिए राष्ट्रियसभा सदस्यको सपथ

- विशेष खबर बिहिबार ०१, असोज २०७७ ०५:०६

वामदेव गौतमले लिए राष्ट्रियसभा सदस्यको सपथ

काठमाडाैं । नेकपाका उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभा सदस्यको सपथ लिएका छन् । राष्ट्रपतिले मनोनित गरेका गौतमलाई बिहीबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाले सपथ गराएका हुन् । 

सपथपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गौतमले पार्टी नेतृत्व, सरकार र राष्ट्रपतिप्रति आभार व्यक्त गरे । राष्ट्रियसभाको गरिमा बढाउन नियमावली अनुसार काम गर्ने भन्दै उनले भने, ‘राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम गर्ने छैन ।’

नेकपाका सचिवालय सदस्य समेत रहेका नेता गौतमले पार्टीको समाजवादमा जाने लक्ष्यमा पुग्न आफूले भूमिका खेल्ने बताएका छन् ।

सपथ ग्रहण कार्यक्रममा नेकपा नेता एवं पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, झलनाथ खनाल, माधव नेपाल तथा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायतको उपस्थिति थियो ।

राष्ट्रपतिले मोनिनत गर्ने राष्ट्रियसभाका तीन सदस्यको कोटामध्ये एउटा पद झन्डै ६ महिनादेखि खाली थियो ।

यो कोटामा गौतमलाई सिफारिस गर्ने निर्णय नेकपा सचिवालयले गरेको थियो । 


प्रतिकृया दिनुहोस