२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनाेनित

- विशेष खबर बिहिबार ०१, असोज २०७७ ०३:२६

वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनाेनित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा नेता वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गरेकी छन् ।

राष्ट्रपति कार्यालयका सचिव भेषराज अधिकारीका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उनले गौतमलाई नियुक्त गरेकी हुन् । राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रियसभाका तीन सदस्यको कोटामध्ये एउटा पद झन्डै ६ महिनादेखि खाली थियो ।

यो कोटामा नेकपाका उपाध्यक्ष गौतमलाई सिफारिस गर्ने निर्णय नेकपा सचिवालयले गरेको थियो ।

प्रतिनिधिसभा निर्वाचनमा पराजित गौतमलाई राष्ट्रियसभा पठाउने निर्णयको विरोध भए पनि बुधबार मन्त्रिपरिषद्ले गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

गौतमको सपथ आजै ४ बजे गर्ने तयारी भइरहेको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले बताएका छन् ।


प्रतिकृया दिनुहोस