२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

नेकपाको अन्तरपार्टी निर्देशन जारी, नेताका विरुद्ध भ्रम फैलाए कारबाही

- विशेष खबर मङ्गलबार ३०, भदौ २०७७ ११:३७

नेकपाको अन्तरपार्टी निर्देशन जारी, नेताका विरुद्ध भ्रम फैलाए कारबाही

काठमाडाैं । सत्तारूढ नेकपाले अन्तरपार्टी निर्देशन– ५ जारी गरेको छ । नेकपाका अध्यक्षद्धय केपी शर्माओली र पुष्पकमल दाहालले सोमबार निर्देशन जारी गरेका हुन् ।

यही भदौ २६ गते स्थायी कमिटी बैठकले गरेका निर्णयको आधारमा अन्तरपार्टी निर्देशन जारी गरिएको हो ।

केन्द्रीय, प्रदेश, जिल्ला कमिटीसहित पार्टी मातहतका सबै कमिटीलाई निर्देशन जारी गरिएको पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।

पार्टीभित्र देखिएका समस्या समाधान सुझाव कार्यदलले बुझाएको प्रतिवेदनलाई पार्टी स्थायी कमिटी बैठकले सुझावसहित पारित गरेको आधारमा अन्तरपार्टी निर्देशन जारी गरिएको हो । 

निर्देशनमा पार्टी एकता, पद्धति र संस्थागत प्रणाली, अध्यक्षद्वयको कार्यविभाजन, पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने, राजनीतिक तथा सङ्गठनात्मक क्षेत्रमा काम गर्ने, एकताको राष्ट्रिय महाधिवेशन गर्नेजस्ता विषय समेटिएका छन् । 

यस्तै सरकारका कामका सम्बन्धमा, संसदीय दलको भूमिकालाई प्रभावकारी बनाइने, प्रदेश सरकार र स्थानीय निकायको भूमिका प्रभावकारी बनाइने, नेपालको सीमा समस्या र समाधान सम्बन्धमा, कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण, उपचार र आर्थिक पुनःरुत्थान गर्ने, बाढी पहिरोद्वारा सिर्जित प्राकृतिक विपत्तिको सामना गर्ने, शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने, प्रतिष्ठानको व्यवस्थापन तथा सञ्चालन विधि निश्चित गर्नेलगायत छन् । 

नेताका विरुद्ध भ्रम फैलाए कारबाही

नेकपाले अनधिकृत, प्रायोजित र तथ्यहीन समाचार सम्प्रेषण गर्ने प्रवृतिलाई नियन्त्रण गर्न निर्देशन दिएको छ । सञ्चारमाध्यममा पार्टी हीतविपरितका अनधिकृत, प्रायोजित र तथ्यहीन समाचार सम्प्रेषण गर्ने प्रवृतिलाई नियन्त्रण गर्ने र त्यस्ता पात्रलाई जवाफदेही बनाउन निर्देशन दिएका हुन् ।

'वेभसाइट तथा अन्य डिजिटल प्लेटफर्महरूमा देखापरेका पार्टीका नेता तथा कार्यकर्ताहरूको अराजक तथा अनुशासनहीन कार्यलाई नियन्त्रण गर्ने,' ओली–दाहालले हस्ताक्षर गरेको निर्देशनको बुँदा नम्बर ५ मा भनिएको छ ।

निर्देशनकाे पुर्णपाठ हेर्न तलकाे लिकं क्लिक गर्नुहाेसः

/uploads/Apani-5-Final.pdf


#नेकपा

प्रतिकृया दिनुहोस