२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

परराष्ट्र मन्त्री ज्ञवाली सरकारकाे प्रवक्ता

मङ्गलबार ३०, भदौ २०७७ ११:१२

परराष्ट्र मन्त्री ज्ञवाली सरकारकाे प्रवक्ता

काठमाडौं । मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई सरकारको प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री ज्ञवालीलाई सरकारको प्रवक्तामा नियुक्त गरेको हो ।

यसअघि तत्कालीन अर्थ, सूचना तथा प्रविधिमन्त्री युवराज खतिवडा प्रवक्ताको जिम्मेवारीमा रहेका थिए ।

उनले मन्त्री पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।


प्रतिकृया दिनुहोस