२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

राष्ट्रियसभामा बामदेव गौतमलाई मनाेनित गर्ने सरकारकाे निर्णय

सोमबार २९, भदौ २०७७ ०९:०७

राष्ट्रियसभामा बामदेव गौतमलाई मनाेनित गर्ने सरकारकाे निर्णय

काठमाडौं । सरकारले राष्ट्रियसभाको रिक्त सदस्य पदमा सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीन सदस्यमध्ये युवराज खतिवडाको पदावधि समाप्त भएपछि एक सिट ६ महिनादेखि खाली छ ।

नेकपाको सचिवालयले यो सिटमा गौतमलाई सिफारिस गर्ने निर्णय यसअघि नै गरेको थियो ।

प्रत्यक्ष निर्वाचन हारेकालाइ राष्ट्रिय सभामा लैजान उपयुक्त नभएकाे भन्दै बाहिर भने गाैतम सिफारिसकाे बिराेध भइरहेकाे थियाे । गत संसदीय निर्वाचनमा उनी बर्दियाबाट प्रतिनिधि सभा सदस्यमा पराजित भएका थिए । 

 


प्रतिकृया दिनुहोस