२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

जग्गा कित्ताकाटकाे निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चकाे अल्पकालीन अन्तरिम आदेश

सोमबार २९, भदौ २०७७ ०६:१५

जग्गा कित्ताकाटकाे निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चकाे अल्पकालीन अन्तरिम आदेश

काठमाडौै । सर्वोच्च अदालतले देशभर जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले दुवै पक्षको छलफलबाट अन्तरिम आदेश हुने नहुने टुंगो नलागेसम्म कित्ताकाटको निर्णय कार्यान्वयन नगर्नु भनी आदेश दिएको हो ।

अधिवक्ता सन्तोष भण्डारी र सुजन नेपालले भूमिसुधार व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।

२०७४ साउन २६ गते भूमि व्यवस्था मन्त्रालयको मन्त्रीस्तरको निर्णयले प्लटिङ गर्न स्वीकृति लिएको हकमा र अंशवण्डा गर्नेको हकमा बाहेक जग्गा कित्ताकाटमा रोक लगाएको थियो ।

तर भदौ १८ गते फेरि मन्त्रीस्तरको निर्णयले २०७४ साउन २६ गतेको उक्त निर्णय बदर गर्दै कित्ताकाट फकुवा गरेको थियो ।


#सर्वोच्च अदालत

प्रतिकृया दिनुहोस