२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु

- विशेष खबर शुक्रबार २६, भदौ २०७७ १२:३१

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु
फाइल तस्बिर ।

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ । असार १० बाट सुरु भएर साउन १३ पछि अनिश्चित बनेको नेकपा स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हाे । 

शुक्रबार बिहान साढे ११ बजेपछि सुरु बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले तयार पारेको प्रस्तावमाथि छलफल भइरहेको एक नेताले बताए । 

विवाद समाधान कार्यदलले तयार पारेको प्रतिवेदनलाई भदौ १८ को सचिवालय बैठकले त्यहाँ व्यक्त नेताहरूका विचारसमेत समेटेर दुई अध्यक्षलाई सहमतिको प्रस्ताव तयार गर्न जिम्मा दिएको थियो ।

साउन ३० गते विवाद समाधान गर्न कार्यदल बनेसँगै नेकपा विवाद समाधानको दिशामा गएको थियो।

महासचिव विष्णु पौडेलको संयोजकत्वको ६ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनकै आधारमा राजनीतिक प्रतिवेदन तयार भएको हो । कार्यदलको प्रतिवेदनमा वरिष्ठ नेता माधव नेपालको भने असन्तुष्टि रहेको छ।

 


#नेपाल कम्युनिष्ट पार्टी

प्रतिकृया दिनुहोस