२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

- विशेष खबर बिहिबार २५, भदौ २०७७ ०६:०१

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

काठमाडाैं । नेपाल स्टक एक्सचेञ्जको कारोबार प्रणालीमा आएको समस्याका कारण थपिएको समयमा समेत आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

बिहान ११ बजे कारोबार खुलेदेखि नै आज प्रणालीमा समस्या देखिएको थियो । लगानीकर्ताले शेयर खरिद तथा बिक्रीका लागि कुनै अर्डर नै गर्न नपाएको तथा धितोपत्र दलाल कम्पनीसंगको सम्पर्क सञ्जालमा समस्या आएको थियो । 

कारोबार समय ३ बजेसम्म रहेपनि समस्या समाधान पछि नेप्सेले समय थप गरी ५ बजेसम्म पुर्याएको थियो । सो अवधिका कारोबार मापक नेप्सेमा दोहोरो अंक अर्थात १२.४९ ले वृद्धि भई एक हजार ५२०.६९ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक १.७१ ले वृद्धि भई ३०१.३८ मा पुगेको छ । कूल १८९ कम्प्नीको ४२ लाख ६२ हजार ६९८ कित्ता शेयर रु दुई अर्ब १७ करोड ६८ हजार २८३ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १२ उपसमूह मध्ये आज तीन उपसमूहको शेयर ओरोलो लाग्दा नौ उपसमूहको शेयर भने वृद्धि भएको छ 


# नेपाल स्टक एक्सचेञ्ज

प्रतिकृया दिनुहोस