२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

बार अनुसार व्यापार तथा व्यवसाय सञ्चालन गर्न पाइने, कुन पसल कुन बार खुल्ने ?

- विशेष खबर बुधबार २४, भदौ २०७७ ०७:३०

बार अनुसार व्यापार तथा व्यवसाय सञ्चालन गर्न पाइने, कुन पसल कुन बार खुल्ने ?

काठमाडौं । काठमाडौं उपत्यकाभित्र बार अनुसार व्यापार तथा व्यवसाय सञ्चालन गर्न पाइने भएको छ ।

स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाउँदै सपिङमल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक लगायतका पसलहरु साताको सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।

आदेशअनुसार अब तरकारी, दुध तथा खाद्यवस्तुका पसलहरु बिहान ११ बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्म खोल्न पाइने व्यवस्था गरिएको छ । यो आदेशमा काठमाडौंमा विभिन्न किसिमका पसलहरु कुन बार खोल्न पाइने भन्ने उल्लेख गरिएको छ ।

सपिङ मल, फेन्सी, जुत्ता, कस्मेटिकका पसलहरु स्वास्थ्य मापदण्ड अपनाइ सातामा सोमबार, बुधबार र शनिबारमात्र खोल्न पाइने निर्णय प्रशासनले गरेको छ ।

यस्तै, भाडा र भान्साका सामाग्रीका पसल आइतबार मंगलबार र शुक्रबार खोल्न पाइनेछ । यस्तै, फर्निचर र अटोबाइलका पसल सोमबार र बुधबारमात्रै खोल्न पाइनेछ ।

फुटपाथ, ठेला, स्टेसनरी, इलेक्ट्रिक्सका पसल र डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र बेलुकी ४ देखि ७ बजेसम्म खोल्न पाइने आदेश गरिएको छ ।

निर्णयहरु हेर्न यहाँ क्लिक गर्नुहाेस :

https://bisheskhabar.com/news/1433

 


प्रतिकृया दिनुहोस