२०८१ बैशाख ३१ गते सोमबार | 13 May, 2024

कांग्रेसमा थप ७ विभाग प्रमुख मनोनित

सोमबार १९, फागुन २०७६ ०३:४८

कांग्रेसमा थप ७ विभाग प्रमुख मनोनित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप सात विभागमा प्रमुख मनोनित गरेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बहिष्कारका बीच देउवाले विभागीय प्रमुखहरु तोकेका हुन् ।

उनले एनपी साउदलाई शुभेक्षुक संस्था,अम्बिका बस्नेतलाई वातावरण तथा विपत व्यवस्थापन, ईश्वरी न्यौपानेलाई महिला र केशवकुमार बुढाथोकीलाई राज्य प्रशासन विभागको प्रमुख मनोनित गरेका हुन् ।

यस्तै मोहनबहादुर बस्नेतलाई खेलकुद, वीरबहादुर बलायरलाई निर्माण व्यवसायी समन्वय र हरिप्रसाद नेपाललाई शिक्षा विभाग प्रमुख मनोनित गरिएको छ ।


#नेपाली काँँग्रेस

प्रतिकृया दिनुहोस