२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

मनोचिकित्सकसंग प्रधानमन्त्रीकाे छलफल

मङ्गलबार २३, भदौ २०७७ ०४:२६

मनोचिकित्सकसंग प्रधानमन्त्रीकाे छलफल
फाइल तस्बिर।

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण उत्पन्न मनोसामाजिक समस्याको समाधान गर्न तत्काल योजना बनाएर अघि बढ्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारी र निजी क्षेत्रका निकायलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मनोचिकित्सकसंग आयोजित परामर्श र छलफलका क्रममा उनले निराशा, दिक्दारी, भय र त्रास मुक्त समाज निर्माण गर्नसमेत मनो चिकित्सकको विशेष योगदान हुने बताए ।

प्रधानमन्त्रीले भने, 'कोभिड–१९ को प्रभावविरूद्ध व्यापक परामर्श तथा सचेतनता अभियान सञ्चालन गर्न, टेलिभिजन र रेडियोलगायत सञ्चार माध्यमबाट तत्काल परामर्श र चेतना फैलाउनु आवश्यक छ । यसमा मनोचिकित्सकले सक्रिय योगदान गर्नुपर्छ ।'

मनोचिकित्सकहरूले भने लकडाउन र निषेधाज्ञाले मानसिक समस्या बढाएको र आत्महत्याको दर बढ्दै गएको बताएका थिए । नेपालमा मनोस्वास्थ्यलाई महत्व नदिएको पनि उनीहरूले प्रधानमन्त्रीसंग गुनासो गरे ।

मानसिक स्वास्थ्य सम्बन्धी शिक्षा विद्यालय तहको पाठ्यक्रममा समेट्नुपर्ने चिकित्सकहरूको जोड थियो ।

प्रधानमन्धीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार छलफलमा प्राडा सुदर्शन नरसिंह प्रधान, डा पशुपति महत, प्रा डा सरोजप्रसाद ओझा, प्रा डा दिव्यासिंह शाह, डा रितेश थापा, डा सगुन पन्त, डा. अनन्त अधिकारी, डा फणीन्द्र बराल र डा रोशन पोखरेललगायत उपस्थित थिए ।


प्रतिकृया दिनुहोस