२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

नेकपाकाे स्थगित स्थायी कमिटी बैठक भदौ २६ गते बस्ने

- विशेष खबर सोमबार २२, भदौ २०७७ ११:५६

नेकपाकाे स्थगित स्थायी कमिटी बैठक भदौ २६ गते बस्ने
फाइल तस्बिर ।

काठमाडाैं । नेकपाकाे स्थगित स्थायी कमिटीको बैठक भदौ २६ गते बस्ने भएको छ । नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले साउन १३ गते स्थगित स्थायी कमिटीको बैठक भदौ २६ गते बोलाउने सहमति भएको बताएका हुन् ।

सोमबार बिहान बालुवाटारमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलसहितको छलफलमा यो सहमति गरिएको पनि थापाले बताए ।

असार १० गतेदेखि जारी नेकपा स्थायी कमिटी बैठक आन्तरिक विवादका कारण पटक-पटक स्थगित हुँदै आएको थियो ।

 


#नेकपा

प्रतिकृया दिनुहोस