२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

अर्थमन्त्री खतिवडाद्वारा पदबाट राजिनामा

- विशेष खबर शुक्रबार १९, भदौ २०७७ ०६:२९

अर्थमन्त्री खतिवडाद्वारा पदबाट राजिनामा
फाइल तस्बिर।

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजिनामा दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजिनामा बुझाएका हुन् । 

अर्थमन्त्री खतिवडाले वित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण अवस्थामा आफुले जिम्मेवारी सम्हालेको भन्दै जग बसाल्न सफल भएको प्रतिक्रिया दिएका छन् ।

आफ्नो कार्यकालमा राजस्व प्रशासनमा समेत सुधार भएको खतिवडाले बताए । खासगरी भ्याट फिर्ता खारेजीको निर्णयलाई अर्थमन्त्रीले सफल निर्णय मानेका छन् ।

मन्त्री खतिवडाले आफूले जग बसालेर बिदाइ भए पनि त्यसलाई निरन्तरताको जिम्मेवारी कर्मचारीमा रहेको समेत बताएका छन् ।

मन्त्रिपरिषद बैठकमा उनले आफूले गरेका कामबारे समेत झण्डै एक घण्टा जानकारी गराएका थिए।

अर्थमन्त्री खतिवडा साढे दुई वर्ष कार्यभार सम्हालेर बिदा भएका हुन् । उनी आजैदेखि आफ्नो निजी निवास गएका छन्।

अर्थमन्त्री युवराज खतिवडाको गत फागुन २० गते २ वर्षे कार्यकाल सकिएको थियो। संविधान अनुसार संघीय संसदको सदस्य नभएको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री हुन पाउँदैन।


प्रतिकृया दिनुहोस