२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

प्रधानमन्त्रीले भने, ‘मन्त्रिपरिषद् पुनगर्ठनको हल्ला कसरी आयो’

- विशेष खबर शुक्रबार १९, भदौ २०७७ ०४:०१

प्रधानमन्त्रीले भने, ‘मन्त्रिपरिषद् पुनगर्ठनको हल्ला कसरी आयो’
फाइल तस्बिर ।

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई मन्त्रिपरिषद् पुनगर्ठनकाे हल्ला मात्रै भएको बताएका छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन हुने भन्ने हल्ला मात्र भएको भन्दै मन्त्रीहरुलाई ढुक्कसंग काम गर्न निर्देशन दिएका छन् । 

‘मन्त्रिपरिषद् पुनगर्ठनको हल्ला कसरी आयो । यस्ता हल्लाको पछि नलाग्नुस्, ढुक्कसंग काम गर्नुस्,’ प्रधानमन्त्रीकाे भनाइ उद्धृत गर्दै वालुवाटार स्राेतले भन्याे ।

'यो विषयमा धेरैपटक समाचार आइरहेका छन् । समाचारमा घरी यसलाई फाल्छ घरी उसलाई ल्याउँछ भनेका छन् । यस विषयमा मैले कहिँ पनि छलफल गरेको छैन । तपाईंहरू मन्त्रालयको कमान्ड लिएर मन्त्रालयका काम गर्नुस् भन्नुभयो,' स्राेतले भन्याे ।

सत्तारुढ नेकपाको विवाद समाधानबारे सुझाव दिन गठित कार्यदलले मन्त्रिपरिषद् पुनर्गठन गर्न सुझाव दिएको थियो । 


#प्रधानमन्त्री केपी शर्मा ओली

प्रतिकृया दिनुहोस