२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

आज साँझ राजीनामा दिदै मन्त्री खतिवडा

- विशेष खबर शुक्रबार १९, भदौ २०७७ ०२:३६

आज साँझ राजीनामा दिदै मन्त्री खतिवडा
फाइल तस्बिर ।

काठमाडौं । अर्थ तथा सञ्चारमन्त्री डा युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले शुक्रबार साँझ नै राजीनामा दिने घोषणा गरेका हुन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा बिहीबार प्रधानमन्त्री ओलीले राष्ट्रियसभा सदस्यमा रिक्त एक सिटमा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने निर्णयमा पुगेको सुनाएका थिए ।

राष्ट्रियसभाको एक सिटमा गौतमलाई सिफारिस गरेपछि खतिवडाको संसद सदस्य हुने बाटो तत्कालका लागि बन्द भएको छ ।

त्यससँगै उनले मन्त्री पदबाट राजीनामा दिनुपर्ने अवस्था आएको हो । उनले साँझसम्म राजीनामा दिने बताइएको छ ।

अर्थमन्त्री युवराज खतिवडाको गत फागुन २० गते २ वर्षे कार्यकाल सकिएको थियो।

 


#राजीनामा

प्रतिकृया दिनुहोस