आइतबार १८, फागुन २०७६ ०४:५७
                                                            काठमाडाैं । नेपाली कांग्रेसको भातृ सगंठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले देशभरीका क्याम्पस अगाडि सरकार विरुद्ध प्रर्दशन गरेको छ ।
मुल्य बृद्धि नियन्त्रण र स्ववियु चुनावको सुनिश्चितताको लागि देशैभरीका क्याम्पस अगाडी नेपाल बिद्यार्थि संघको नेतृत्वमा प्रदर्शन तथा कोण सभा गर्ने केन्द्रिय कार्यक्रम अन्तरगत प्रर्दशन गरिएको हो ।
विरोध कार्यक्रम अन्तरगत शंकरदेब क्याम्पस अगाडी भएको बिरोध सभामा बिद्यार्थिहरुले स्वबियू निर्वाचनको तालिका तत्काल सार्वजनिक गर, इन्धनमा लगाएको अतिरिक्त कर तत्काल फिर्ता गर लगायतका माग राखे ।
विद्यार्थिहरुले ललीता निवास प्रकरणको निष्पक्ष छानविन गर, पुस्तक माथि लगाईएको आयात कर खारेज गर, प्रिन्टिङ प्रेस कमिसनमा मुछिएका निवर्तमान सञ्चार मन्त्रीलाइ तत्काल छानबिन गरी कानुनी कार्वाही गर लगायतका माग राखेका थिए ।
नेपाल विद्यार्थी संघ शंकरदेब क्याम्पसको आयोजनामा भएको बिरोध सभालाइ सम्बाेधन गर्दै महामन्त्री बल देव तिमिल्सिनाले तत्काल स्वबियु निर्वाचनकाे मिती घाेषणा गर्नुपर्ने,न्धनमा लगाएको अतिरिक्त कर फिर्ता गर्नुपर्ने माग राखेका थिए ।
काेण सभामा विद्यार्थी नेता टेक राज अवस्थी, दीपक ओझा, शुशील धामी र हरिश जोशीले पनि मन्तब्य राखेका थिए ।
विद्यार्थी नेता दिपक ओझाले स्वबीयु चुनाब रोक्न सरकार र उपकुलपति लागेको आरोप लगाए । स्वबियु निर्वाचन नगराए उपकुलपति लाई कुर्सी मा बस्न नदिने चेतावनी दिए ।
प्रतिकृया दिनुहोस