२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

वामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्न मन्त्रिपरिषद बैठक बस्दै

- विशेष खबर शुक्रबार १९, भदौ २०७७ ११:२२

वामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्न मन्त्रिपरिषद बैठक बस्दै
फाइल तस्बिर ।

काठमाडाैं । राष्ट्रिय सभाका लागि सांसद सिफारिस गर्न मन्त्रिपरिषद बैठक बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा ११ बजे बस्ने बैठकको मुख्य एजेन्डा राष्ट्रिय सभाका लागि सांसद सिफारिस गर्ने रहेको एक स्रोतले बतायो। 

बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ ।

मन्त्रिपरिषदले राष्ट्रपतिलाई सिफारिस गरेपछि गौतम राष्ट्रिय सभा सदस्य बन्नेछन्।

मन्त्रिपरिषद् बैठक संगै अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडा विदा हुनेछन् ।  

६ महिनादेखि राष्ट्रिय सभामा एक सदस्य खाली छ। अर्थमन्त्री युवराज खतिवडाको गत फागुन २० गते २ वर्षे कार्यकाल सकिएको थियो।


प्रतिकृया दिनुहोस